View Top News
×

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

खबर मेरो ३ बर्ष अगाडि

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको निर्देशनमा उर्जामन्त्री वर्षमान पुनले कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएका हुन् ।

यसअघि नै सार्वजनिक रुपमा कुलमानको कार्यकाल थपिने अभिव्यक्ति दिएका उर्जामन्त्री पुनले प्रचण्डको निर्देशनमा प्रस्ताव लैजान लागेको स्रोतले जनाएको छ ।

बिहिबारको मन्त्रिपरिषद्म बैठकमा कुलमानको कार्यकाल थप गर्नेबारे प्रस्ताव लैजान उर्जा मन्त्रालयले सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएको स्रोतले जनाएको छ । खुल्ला प्रतिष्पर्धाबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमानको कार्यकाल यहि २९ गते सकिदैछ ।

प्रचण्डले आफ्नो सरकारका पालामा कुलमानलाई प्राधिकरणको नेतृत्व सुम्पेका थिए । स्रोतका अनुसार प्रचण्डले कुलमानको नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरिसकेकाले भोलीको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने भएको हो ।

यता, उर्जामन्त्री पुन समेत कुलमानको कार्यशैलीबाट असन्तुष्ट रहेको स्रोतको दाबी छ । कुलमानले विद्युत शुल्क कटौतीको जस आफैं लिएको आरोप लाग्ने गरेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटबाट ल्याएको कार्यक्रममा समेत उनले जस लिन खोजेको भन्दै उनलाई दोहोर्‍याउनेमा सरकार झस्किएको जनाइन्छ ।

तर, कुलमानले लोडसेडिङको अन्त्य गरेर जनताबाट वाहवाही पाएको र कुलमानको पक्षमा जनलहर देखिएकाले सरकारको लोकप्रियतासँग जोडिन सक्ने भन्दै उनलाई पुनः दुई वर्षका लागि नियुक्ति दिने तयारी सरकारले गरेको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP