View Top News
×

सुदूरपश्चिममा पुगे ३ हजार ९ सय ६६ कोरोना संक्रमित

खबर मेरो ४ बर्ष अगाडि

सुदूरपश्चिममा पुगे  ३ हजार ९ सय ६६ कोरोना संक्रमित

कैलाली । सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार  ९६६ पुगेको छ । महिला ९२८ , पुरुष ३ हजार ३८ रहेको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

हालसम्म अछाम ६३७, बैतडी ३००, बझाङ्ग १६६, बाजुरा ४४६, डडेल्धुरा २९०, दार्चुला २०,डोटी ५८३, कैलाली १०६२, कंचनपुर ४६२ जना संक्रमित फेला परेको मिडीया ब्रिफिङ्गमा जनाएको हो । 

हालसम्म २ हजार १२९ निको भएका छन भने ८ जना संक्रमितको मृत्यु भइसकेको छ । 

सोमबार सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट  गरिएको परिक्षण बाट १, डडेल्धुरा अस्पातालको प्रयोगशाला बाट ४०  जनामा संक्रमणपुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्री ले रातोपाटीलाई जानकारी दिए । 

प्रदेशमा हालसम्म २९ हजार २७१जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २५ हजार ३०५ मा नेगेटिभ आएको उनले बताए ।

१ हजार ६२७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २१ हजार ८०९ जनामा परिक्षण गरिएको छ ।

क्वारेन्टिनमा ४ हजार ८३९ पुरुष र १ हजार ७९१ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५५ गरी ६९ जनाको उपचार भईरहेको छ ।  ७६८ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १, टिकापुरमा २१, महाकालीमा १८, अछाममा १०, डोटी २,   र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखाका प्रमुख काक्रीले जानकारी दिए  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP