View Top News
×

रमेश सिलवालविरुद्ध उजुरी, के छ उजुरीमा ?

खबर मेरो ३ बर्ष अगाडि

रमेश सिलवालविरुद्ध उजुरी, के छ उजुरीमा  ?

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदका लागि दरखास्त दिएका निवर्तमान सदस्य सचिव रमेश सिलवालविरुद्ध उजुरी परेकाे छ ।

गत मंसिरमा भएको नेपालमा भएकाे १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भ्रष्टाचारको आरोप लागेका सिलवालमाथिको छानविन पूरा नभएसम्म राखेप सदस्यसचिव पदका लागि उनको आवेदन खारेज गर्न युवा तथा खेलकुद मन्त्रालयमा उजुरी परेको हो ।

अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष जनक बर्तौलाले सिलवालविरुद्ध कारवाहीकाे माग गर्दै उजुरी दर्ता गराएका छन् । साथै उनले सिलवालकाे आवेदन बदर गर्नसमेत माग राखेका छन् ।

नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राखेपमा सदस्य सचिव चयनका लागि नयाँ प्रकिया सुरु भएकाे छ । सदस्य सचिव बन्न सिलवालसहित २७ जनाले आवेदन दिएका छन् ।

सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले सचिव राम प्रसाद थपलियाकाे संयाेजकत्वमा सिफारिस समिति गठन गरेर प्रक्रिया अघि बढाएको छ । समितिले सात दिने सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो ।

१३ औं साग प्रतियोगिता आयोजना गर्दा लाखौंको घोटाला गरेको पनि जनक बर्ताैलाकाे दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP