View Top News
×

रञ्जनको कैद घटाउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता

खबर मेरो ३ बर्ष अगाडि

रञ्जनको कैद घटाउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता

काठमाडाैं । पत्नी हत्या अभियोगमा थुनामुक्त भएका रञ्जन कोरालालाई सयाय छुट दिने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकन माग गर्दै निवेदन दर्ता भएको छ ।

महान्यायधिवक्ताको कार्यालयले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेसँगै सरकारी वकिलले सर्वोच्च अदालतमा बिहिबार फैसला पुनरावलोकन गर्न माग गर्दै निवेदन दर्ता गराएको हो । 

महान्यायधिवक्ता अग्नी खरेलका अनुसार सर्वोच्च अदालतको फैसला चित्त नबुझेपछि पुनरावेदन गर्न निवेदन दर्ता गराइएको हो । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पत्नी हत्या अभियोगका दोषी सशस्त्रका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद सजात घटाएर ८ वर्ष ६ महिना कायम गरिदिएका थिए । उनलाई जिल्ला र पुनरावेदन अदालतले हत्या अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्म कैदको सजाय तोकेको थियो । तर, उक्त फैसलालाई सर्वोच्चले उल्ट्याइदिएको हो । 

सर्वोच्च अदालतको फैसलामा चित्त नबुझे दुई आधारमा मुद्धामा पुनरावलोकन गर्न पाइने व्यवस्था छ । त्यसमा फैसला उल्ट्याउन सक्ने प्रमाण आएमा वा सर्वोच्च अदालतले त्यस्तै प्रकृतिको मुद्धामा गरेको फैसलाको व्याख्या भन्दा फरक परेमा पुनरावलोकन गर्न निवेदन दिन सकिने कानुनी व्यवस्था छ । तर, न्यायीक पुनरावलोकनबाट फैसला उल्ट्याउने वा यथावत राख्ने भन्ने अधिकार सर्वोच्च अदालतलाई नै हुन्छ । यस्तो मुद्धामा जुन न्यायाधीसले फैसला गर्छन त्यहि न्यायाधीसले पुनरावलोकन गर्न भने पाउदैनन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP