View Top News
×

न्यायालयको 'शून्य अवधि'उपत्यकामा सकियो, देशभर के भयो ?

खबर मेरो १० महिना अगाडि

न्यायालयको 'शून्य अवधि'उपत्यकामा सकियो, देशभर के भयो ?

काठमाडौं । कोरोना भाइरसको जोखिमबाट बचाउन सरकारले गरेको बन्दाबन्दीको समयलाई न्यायालयले ‘शून्य अवधि’ मानेको थियो । शून्य अवधि सम्बन्धित जिल्ला आजदेखि नै सकिएको छ भने अन्तरजिल्लामा आगामी भदौ १ गतेदेखि सकिनेछ । 

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरलेका अनुसार न्यायालयले शून्य अवधि मानेको अवस्था सम्बन्धित जिल्लामा आजदेखि नै सकिएको छ । अन्तर जिल्लामा भदौ १ गतेदेखि लागू हुनेछ ।  सरकारले लामो दूरीको यातायात पूर्णरुपमा आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने भनेको छ । सोहीअनुसार अन्तरजिल्लामा शून्य अवधि सकिएको मानिनेछ ।

“उपत्यकाका हकमा बन्दाबन्दी अन्त्य भएको छ, आजदेखि शून्य अवधि सकिएको मानेर ३० दिनको समय म्याद तथा हदम्यादका लागि दिने निर्णय गरेको छ”, प्रवक्ता पोखरेलको भनाई छ, “अन्तरजिल्लाको हकमा भने आगामी भदौ १ गतेदेखि मात्र सो नियम लागू हुनेछ ।”      

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका १९ जना न्यायाधीशको इजलासले महामारी फैलिएको अवस्थालाई सम्बोधन गर्नका लागि स्पष्ट कानूनी व्यवस्था गर्न कानूनी बाधा फुकाउनेसम्बन्धी व्यवस्था गरेको थियो ।

गत चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दी यही साउन ६ गते रातिबाट सकिएको छ । सरकारले बन्दाबन्दी खुला गरेसँगै अदालतको शून्य अवधि पनि सकिएर सम्बन्धित जिल्लामा मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएको छ । बन्दाबन्दीको अवधिमा मुद्दाको सुनुवाइ प्रक्रिया प्रभावित भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP