View Top News
×

युवतीमाथि एसिड आक्रमण गर्ने भारतीयले भनेः साहुले भनेपछि रक्सी भनेर हानेको एसिड परेछ

खबर मेरो ३ महिना अगाडि

युवतीमाथि एसिड आक्रमण गर्ने भारतीयले भनेः साहुले भनेपछि रक्सी भनेर हानेको एसिड परेछ

काठमाडाैं । काठमाडाैंको सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड छ्यापेको जनाएका छन् । 

युवतीले आफूलाई प्रेम नगरेको भन्दै राैतहटको लक्षमीपुर घर भइ अहिले काठमाडाैमको डल्लुमा बस्ने मोहम्मद आलमले भारतीय नागरिक मुन्नालाई युवतीमाथि एसिड प्रहार गर्न लगाएपछि भारत जान समेत भनेको खुलेको छ । 

प्रहरीको प्रारम्भीक बयानका अनुसार मुन्नाले आफूलाई एसिड भनेर थाहा नभएको र रक्सीको बोतलमा भएकाले रक्सी नै होला भन्ने लागेको तर, प्रहार गर्दा हातमा पोलेपछि झसंग भएको जनाएका छन् । 

मलाई साहुले युवतीमाथि प्रहार गर्न भने, मैले प्रहार गरेको हुँ । मलाई यसबापत एक रुपैयाँ समेत दिएका छैनन् । मुन्नाले भनेका छन् । 

२२ वर्षीय युवती पवित्रा कार्कीमाथि एसिड प्रहार गराएर आलमले मुन्नालाई भारत भाग्न निर्देशन दिइसकेका थिए । तर, महानगरिय अपराध अनुसन्धान महाशाखा र काठमाडाैम प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना बिहिबार राति नै पक्राउ परेका हुन् । भने, साहु आलमले समेत अपराध स्विकार गरिसकेको प्रहरीले जनाएको छ । 

किर्तिपुर अस्पतालमा उपचाररत युवतीले भने ती व्यक्तिलेआफूलाई एसिड प्रहार गर्लान भन्ने कुरा कल्पना बाहिरको कुरा भएको जनाएकी छन् । उनले आलमलाई एक क्यासिनोमा काम गर्दा चिनजान भएको समेत जनाएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP