खबर मेरो ४ बर्ष अगाडि
भक्तपुर । क्यान्सर पीडित पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर नैन बहादुर तामाङ 'जमिन'को उपचारर्थ सिन्धुपाल्चोक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले आर्थिक सहयोग गरेका छन् ।
भक्तपुरको सुर्यविनायकस्थित उनको डेरामा पुगेर सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-०५ का तामाङलाई जिल्लाका नेकपा नेताहरुले ७० हजार नगद उपलब्ध गराउनुका साथै उपचारमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुनकोशी गाउँपालिकाका नेकपा इन्चार्ज पुरुषोत्तम भण्डारी र सिन्धुपालचोक जिल्ला कमिटी सदस्य मञ्जु नेपालको पहलमा आज आर्थिक सहयोग प्रदान गरिएको हो ।
तामाङलाई आर्थिक सहयोग उपलब्ध गराउन बाग्मती प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री अरुण नेपाल र सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रदेश सांसद सेरस नेपाल, अखिल क्रान्रिकारीका निवर्तमान उपाध्यक्ष यज्ञराज खरेल लगायत नेताहरु उपस्थित भएका थिए ।
तामाङको उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्त्रण गर्दै मन्त्री नेपालले तामाङ जस्तै थुप्रै योद्धाका कारण आज नेपालमा परिवर्तन आएको र अहिले समस्यामा सिंगो पार्टीले नै उनको उपचारमा कुनै कमी हुन नदिन लागि पर्ने जनाए । यस्तै, सहभागी अन्य नेताहरुले समेत तामाङको उपचारमा कुनै कमी आउन नदिन विभिन्न निकायमा समन्वय र आवश्यक पहल गर्ने समेत जनाएका छन भने, उपचारमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
तामाङको उपचारमा समस्या हुँदै आएपछि उनलाई नेकपाका अध्यक्ष प्रचण्डदेखि अन्य नेताहरुले भेटेका छन् । उनी माओवादीले थालेको १० वर्षे जनयुद्धमा जनमुक्ति सेनाको रुपमा कार्यरत भएकाले समेत उनलाई नेकपा नेताहरुले विभिन्न सहयोग रकम जुटाउन थालेका छन् ।
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्