View Top News
×

पार्टी विभाजन नहोला भन्न सकिन्न परिस्थिति अनुसार तयार रहनुस्ः प्रचण्ड

खबर मेरो ४ बर्ष अगाडि

पार्टी विभाजन नहोला भन्न सकिन्न परिस्थिति अनुसार तयार रहनुस्ः प्रचण्ड

काठमाडाैं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनको स्थिति आउन सक्ने भन्दै कार्यकर्तालाई मानसिक रुपमा तयार रहन निर्देशन दिएका छन्  ।

काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्टल कलेजमा बुधबार सञ्चारकर्मीहरुसँग अध्यक्ष प्रचण्डले प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजनमा देखाएको सक्रियता र निषेधात्मक व्यवहार देखाएको आरोप लगाए ।

ओलीको सो व्यवहारले पार्टी विभाजन हुन सक्ने भन्दै उनले त्यो परिस्थितिको सामना गर्न कार्यकर्ता तयार हुनुपर्ने बताए । ओलीका कारण पार्टी विभाजन हुनसक्ने र त्यसका लागि मानसिक रुपमा तयार हुन कार्यकर्तालाई प्रचण्डको अपिल छ ।

‘मैले गरेका निर्णयहरु उल्ट्याउने, मसँग भेट्न गएकै कारण अपमानित गर्नेदेखि पार्टी बैठकमा कुर्सी हटाउने कामसमेत भयो । त्यो निषेधात्मक सोच र अरुलाई अपमानित गर्दा आनन्द मान्ने प्रवृत्ति थियो’, प्रचण्डले भने, ‘राम्रोभन्दा राम्रो परिस्थिति तयार गर्न हामी लाग्नुपर्छ। हामी कम्युनिष्टहरू खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार चाहिँ हुनुपर्छ। सबै कुरा हाम्रो मात्रै हातमा हुँदैन । खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार भएर बस्नुपर्छ । किन भने खराब परिस्थितिका लागि मानसिक रूपमा तयार भइएन भने परिस्थिति आइहाले मानिस अताल्लिएर डिप्रेसनमा जाने खतरा पैदा हुन्छ ।’ 

ओलीले पार्टी फुटाउन लगातार गतिविधि गर्दै आएको आरोप लगाएका प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गर्नु र सडकमा आफ्नो पक्षमा जुलुश निकाल्न आदेश दिने कार्य पार्टी विभाजनका लागि रहेको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP