View Top News
×

राष्ट्रिय फुटबल टिमको कोरोना परीक्षण अर्को हप्ता मात्रै हुने

खबर मेरो १ बर्ष अगाडि

राष्ट्रिय फुटबल टिमको कोरोना परीक्षण अर्को हप्ता मात्रै हुने

काठमाडौं । विश्वकप छनोटका लागि प्रशिक्षणको तयारीमा रहेको राष्ट्रिय फुटबल खेलाडीको कोरोना परीक्षण (पीसीआर) अर्काे हप्ता मात्रै हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणमा बोलाईएका खेलाडीको पीसीआर परीक्षण यसै हप्ता गर्ने बताएको थियो ।

तर, पीसीआर परीक्षण लगत्तै खेलाडीलाई एन्फा होस्टेल राख्नुपर्ने र होस्टेलको तयारी पुरा नहुँदा खेलाडीको पीसीआर परीक्षण ढिला भएको एन्फाले जनाएको छ ।

‘एन्फाको होस्टेल तयारीमा समय लागेर तत्कालको लागि पीसीआर नगरेका हौंं । यो पुरा भएपछि पीसीआर गर्छौं ,’ राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले खेलपाटीसँग भने ।

यस अघि एन्फाले आफ्नो होस्टेल ललितपुर महानगरपालिकालाई क्वारेन्टिन बनाउन हस्तान्तरण गरेको थियो । साउन २० सम्म महानगरपालिकाले होस्टेल नछाड्दा एन्फाले त्यसको डिसइन्फेक्सन गर्न पाएको थिएन ।

दुई दिन यता एन्फाले सातदोबाटोस्थित एन्फा होस्टेल लगायत भवनमा सफा गर्ने र सेनेटाईजर छर्कने काम गरिरहेको छ ।

सरकारले भदौ १ गतेबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने खेलको प्रशिक्षण सुरु गर्न अनुमति दिएको थियो । सरकारको निर्णयसँगै एन्फाले पाटन हस्पिटलमा साउनको २१–२२ मा खेलाडीको पीसीआर गर्ने बताएको थियो ।

एन्फाले ३४ खेलाडीसहित, प्रशिक्षक, अफिसियल र होस्टेल पदाधिकारी गरी ७० जनाको कोरोना पीसीआर गर्न स्वास्थ्य मन्त्रालयमा नाम पठाएको छ ।

खेलाडी राख्ने होस्टेलको तयारी पुरा भएसँगै एन्फाले खेलाडीको पीसीआर साउन २७–२८ मा गर्ने र खेलाडीलाई भदौ १ गतेबाट नै मैदान फर्काउने योजना बनाएको छ ।

व्यवस्थापक उपाध्यायका अनुसार पीसीआर परीक्षणमा कुनै समस्या नभएकाले समयमै खेलाडी प्रशिक्षणमा फर्कने बताउँछन् ।

‘पीसीआरको लागि कुनै समस्या छैन । पीसीआर भन्दा पनि होस्टेल आवस्यकता हो । पहिलो दिन हामीले सूचना दिएपछि दोस्रो दिन पीसीआर हुनेछ,’ उपाध्यायले भने ।

प्रशिक्षणका लागि आएका खेलाडीलाई एन्फाले साउन १६ बाट क्वारेन्टिनमा राखेको छ ।

एन्फाले ११ खेलाडी र २ अफिसियललाई होटेलको क्वारेन्टाईनमा राखेको छ । यस्तै उपत्यका भित्रै रहेका अन्य खेलाडी भने होम क्वारेन्टिनमा रहेका छन् ।

फिफा विश्वकप २०२२ छनोट अन्तर्गत आगामी दिनमा नेपालले तीन होम खेल खेल्दैछ । दशरथ रंगशालामा हुने तीन खेल असोज र कार्तिकमा आयोजना हुनेछ ।

नेपालले असोज २२ गते चाईनिज ताईपेसँग खेल्दैछ भने त्यसको ५ दिनपछिनै एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कात्र्तिक २७ गते जोर्डनको आतिथ्यता प्रदान गर्नेछ ।

समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP