View Top News
×

अन्ततः भयो फुटबल टिमको कोरोना परिक्षण

खबर मेरो ३ बर्ष अगाडि

अन्ततः भयो फुटबल टिमको कोरोना परिक्षण

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका थप २४ खेलाडीको कोरोना परिक्षण गरिएको छ ।

लगनखेलस्थित पाटन अस्पतालमा मंगलबार थप २४ खेलाडीको कोरोना परिक्षण गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाले तेज तामाङ, विकेश कुथु, आशिस लामा, अजित भण्डारी, एरिक बिष्ट, सेसेहाङ आङदेम्बे, बिक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अविशेक रिजाल, सुवास गुरुङ,अनन्त तामाङ, सुनिल बल, अन्जन बिष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, विकास खवास, जर्ज प्रिन्स कार्की र सुजल श्रेष्ठको मंगलबार परिक्षण गरिएको जनाएको छ ।

यससँगै प्रशिक्षणमा सहभागिता जनाउने कुल ३५ खेलाडीको कोरोना परिक्षण गरिएको छ ।

यस अघि एन्फाले सोमबार ११ खेलाडीसहित १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफ गरी २५ जनाको कोरोना परिक्षण गरेको थियो ।

सोमबार विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको परिक्षण गरिएको थियो ।

यस्तै एन्फाले मंगलबार ६ अफिसियलको पनि कोरोना परिक्षण गरिएको जनाएको छ । अफिसियलमा टिम व्यवस्थापक मधुसुदन उपाध्याय, कृष्ण भक्त मानन्धर, गोलकिपर प्रशिक्षण विकास मल्ल, मिडियाका विवेक सुवेदी र युजल श्रेष्ठ र डाक्टर राजु डंगोल रहेका छन् ।

विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ । जसको लागि एन्फाले खेलाडीको कोरोना परिक्षण गरेको हो ।

फिफा विश्वकप २०२२ छनोट अन्तर्गत आगामी दिनमा नेपालले तीन होम खेल खेल्दैछ । दशरथ रंगशालामा हुने तीन खेल असोज र कार्तिकमा आयोजना हुनेछ ।

नेपालले असोज २२ गते चाईनिज ताईपेसँग खेल्दैछ भने त्यसको ५ दिनपछिनै एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कात्र्तिक २७ गते जोर्डनको आतिथ्यता प्रदान गर्नेछ ।

समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP