View Top News
×

जब तीन तला घर ढलान गर्दा जगदम्बाको डण्डी हातैले भाँच्न सकिने पाइयो...

खबर मेरो ३ महिना अगाडि

जब तीन तला घर ढलान गर्दा जगदम्बाको डण्डी हातैले भाँच्न सकिने पाइयो...

काठमाडाैं । मजवुत भएको भन्दै बजारमा जगदम्बा स्टिलले बेचेको डण्डी हातैले भाँच्न सकिने भेटिएको छ । 

गुणस्तर तथा अन्य मापदण्ड पुरा गरेको दाबी गर्ने जगदम्बाको डण्डी भाँचिएपछि घर निर्माण गरिरहेका बालाजुको बोहोराटारमा श्रीकृष्ण भट्टराईले दुखेसो पोखेका छन् । 

तेश्रो तलाको ढलान सुरु गर्नेबेला डण्डी हातैलेभाँचिएको भन्दै कामदारले खवर गरेपछि उनी अहिले तनावमा रहेका छन् । 

१६ एमएमको डण्डी हातलेै नै भाँच्न सकिन्छ भन्नेमा विश्वास नै गर्न गाह्रो भएको भन्दै भट्टराईले आफै पुगेर हेर्दा यस्तो पाइएपछि उनी अहिले तनावमा रहेका हुन् । 

हालसम्म स्वयम्भू सानो भर्याङस्थित डी.पी हार्डवेयरबाट २० लाख माथिको डण्डी किनिसकेका उनले पछिल्लो पटक मात्रै २ लाख ४२ हजारको डण्डी किनेका थिए । 

डण्डी मर्काउँदा भाँचिन थालेपछि उनले कम्पनीमा खबर गरे। उनकाअनुसार कम्पनीबाट मार्केटिङ म्यानेजर भरत श्रेष्ठ प्राविधिक टोली लिएर बोहोराटार पुगेका थिए। तर उनले कमजोरी स्वीकार गर्न तयार भएनन। बरु उल्टै गुणस्तर परीक्षण गराउने र परीक्षण गराउँदा गुणस्तरीय नै रिपोर्ट आउने दाबी गरेर फर्किए। उनकै अगाडी जगदम्बा कम्पनीका फलामे रड भाँचेर देखाउँदा समेत नपत्याएको प्रत्यक्षदर्शीको भनाई छ । 

‘कम्पनीबाट आएको टोलीले त हामीले मर्काउन नजानेको पो भने’ एक जना कामदारले भने, ‘८-९ वर्ष भयो निर्माण क्षेत्रमा काम गर्दै हिडेको, अहिलेसम्म यस्तो कमशल रड देखेको थिएँन ।’ 

डण्डीमा समस्या आएपछि कम्पनीले मानविय त्रुटि हुनसक्ने भन्दै गल्ति भने स्विकार गर्न मानेको छैन् । उनले गुणस्तर मापदण्ड पार गरेर आएकाले यसमा केहि सत्यता नभएको जनाउदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP