View Top News
×

बीआरआईमा ठोस उपलब्धी हासिल गर्न नेपालसँगको सहकार्यलाई अघि बढाछाैं : चीन

खबर मेरो ४ बर्ष अगाडि

बीआरआईमा ठोस उपलब्धी हासिल गर्न नेपालसँगको सहकार्यलाई अघि बढाछाैं : चीन

काठमाडाैं । चीनले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा ठोस उपलब्धी हासिल गर्न नेपालसँगको सहकार्यलाई अघि बढाउने बताएको छ ।

बिहीबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र प्रवक्ता चाउ ली च्येनले भने, ‘चिनियाँ राष्ट्रपतिको गत वर्ष भएको नेपाल भ्रमणका दौरान भएका सहमतिहरूलाई कार्यरूप दिन दुवै मुलुक तयार छन् । ’

नेपाल चीनले अघि सारेको बीआरआईको सदस्य मुलुक भएपनि सत्तारूढ दल नेकपाभित्र घरझगडा चलिरहेका चीनले यसअघि दुवै देशको शीर्ष नेतृत्वबीच भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने कुरा दोहोर्‍याएको हो ।

पत्रकार सम्मेलनमा उनले नेपालसँग मिलेर आपसी सहमतिहरूलाई व्यवहारमा उतार्ने, जारी कोभिड १९ महामारी विरूद्धको सहयोगलाई निरन्तर बढाउने, बीआरआई परियोजनाको निर्माण, व्यापार तथा लगानी सहायता, प्रतिरक्षा, कानून कार्यान्वयन लगायतका द्विपक्षीय सम्बन्धको विकासलाई अघि बढाउने धारणा व्यक्त गरे ।

बुधबार नेपाल र चिनियाँ पक्षबीच भिडियोमार्फत् तेह्रौं चरणको चीन-नेपाल कूटनीतिक वार्ता भएको थियो । प्रवक्ता चाउले दुवै मुलुकबीचको आपसी सम्बन्ध तथा साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाहरूमा सो वार्तामा वैचारिक आदान-प्रदान भएको जानकारी दिए ।

प्रवक्ता चाउले चालु वर्ष दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको ६५औं वार्षिकोत्सवमा दुवै मुलुकका नेताहरूले एक अर्कालाई बधाई सन्देश आदानप्रदान गरेको स्मरण गरे । चीन र नेपाल नदी र पहाडले जोडिएका मैत्रीपूर्ण छिमेकी भन्दै उनले भने, ‘गत वर्ष दुई मुलुकका राष्ट्रप्रमुखले सफलतापूर्वक पारस्परिक भ्रमण गरेबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइसम्म उकासिएको छ।’

चीन र नेपालले कोरोना भाइरस महामारीको प्रतिरोधका क्रममा एक अर्कालाई सहायता गरिरहेको पनि प्रवक्ता चाउले बताए । पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता चाउले नेपाल र चीन उही डुंगामा रहेका मुलुक भएकाले कोरोना महामारी विरूद्ध आपसी हातेमालो गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP