खबर मेरो ४ बर्ष अगाडि
काठमाडाैं । उपत्यकाका तीन जिल्लामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्रीको समय सीमा निर्धारण गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्रीको समयसीमा निधारण गरेका हुन् ।
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार सूचना जारी गर्दै अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्री बिहान ९:१५ बजेसम्म मात्रै गर्न पाइने निर्णय गरेका हुन् ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाल र ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सूचना जारी गर्दै बिहान सवा ९ बजेसम्म मात्रै खाद्य पदार्थलगायतका अत्यावश्यक वस्तुको सूचीमा परेका सामग्रीको खरिद बिक्री गर्न पाइने जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचनामा 'अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने' लेखिएको छ । त्यस्तै, 'अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदि बिक्री वितरण गर्ने पसलहरू बिहान ९ : १५ बजेसम्म खोल्न सकिने,' सूचना जारी गरिएको छ ।
त्यसरी अत्यावश्यक सामाग्री खरिद बिक्री गर्दा अनिवार्य रूपमा स्वास्थ्य सचेतता अपनाउन पनि सूचनामा भनिएको छ । सरकारले जारी गरेको मापदण्ड पालना गरेर अत्यावश्यक सेवा प्रदान गर्न आग्रह गरिएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचाकार लागि उपत्यकाका तीनवटै जिल्लामा भदौ १० गतेसम्म निशेधाज्ञा जारी गरिएको छ ।
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्