खबर मेरो ४ बर्ष अगाडि
काठमाडौं । सरकारले एकैपटक ६० सहसचिवको सरुवा गरेको छ ।
केन्द्रमा रहेर विभिन्न स्थानमा कार्यरत उच्चपदस्थ कर्मचारीलाई सरकारले प्रदेशमा सरुवा गर्ने रणनीति अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ६० जना सहसचिवहरुको सरुवा गरेको हो ।
यो सरुवाको सूचीमा नेपालको एकमात्र सहसचिवस्तरको पद ‘मुख्य मनोविज्ञानवेत्ता’ पनि परेका छन् । लोक सेवा आयोगका डा. खगेन्द्र प्रसाद सुवेदीलाई प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । डा. सुवेदी लोक सेवा आयोगका ‘मुख्य मनोविज्ञानवेत्ता’ पदमा कार्यरत छन् । मुख्य मनोविज्ञानवेत्ता नेपालको एकमात्र पद हो । लोक सेवाको नीति निर्माण तथा पाठ्यक्रम बनाउने मुख्य जिम्मेवारी सुवेदीको हो ।
मन्त्रालयको वेबसाइटमा राखिएको विवरण अनुसार प्रधानमन्त्री कार्यालयका सहसविच दिनेश कुमार घिमिरेलाई प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव राजेन्द्र कुमार पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको छ ।
सन्चार मन्त्रालयकी सहसचिव राधिका अर्याललाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका चुडामणि पौडेललाई सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, गृहमन्त्रालयका महादेव पन्थलाई प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयमा र स्वास्थ्य मन्त्रालयका रघुराम विष्टलाई स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्