View Top News
×

भ्रष्टाचारको मुद्धा अख्तियारको कोमामा, अर्थमन्त्री खतिवडाको आडमा रडाको मच्चाउदै निर्मलहरी

खबर मेरो ३ बर्ष अगाडि

भ्रष्टाचारको मुद्धा अख्तियारको कोमामा, अर्थमन्त्री खतिवडाको आडमा रडाको मच्चाउदै निर्मलहरी

काठमाडाैं । सरकारी स्वामितव रहेको राष्ट्रिय बाणिज्य बैंकका पूर्वअध्यक्ष निर्मलहरी अधिकारी शक्तिको आडमा विभिन्न नियुक्ति खाँदै आएका छन् । 

सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाका विश्वासपात्र मानिने अधिकारी सह-सचिवबाट अवकाश पाएको दुई महिना नबित्दै बाणिज्य बैंकको अध्यक्ष बनेका हुन् । 

सनसिटी अपार्टमेन्टमा खतिवडालाई अपार्टमेन्ट खरिद गरेर उपहार दिएका अधिकारी सरकारी जागिर सकिएपछि फर्किएर हेर्नु परेको छैन् । 

उनलाई अर्थमन्त्री खतिवडाको जोडबलमा बाणिज्य बैंकको अधयक्ष हुँदै अहिले राजस्व बोर्डमा सरुवा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्तै विश्वासपात्र मानिने अर्थमन्त्री खतिवडाले बैंकका अधिकारीलाई नियुक्त गराएदेखि नै नेकपामा आन्तरिक विवाद भने सल्किएको स्रोतको दाबी छ । 

स्रोतका अनुसार मन्त्री खतिवडाले अधिकारीलाई तत्काल हटाउन नहुने भन्दै उनको सेटलमेन्ट खोजेपछि राजस्व बोर्डमा सारिएको हो । तर, बैंकको अध्यक्षबाट उनलाई सारिएपनि उपप्रधान एव्ं रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्रकुमार कोइराला राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा लैजानुपर्ने भएपछि उनलाई यता सेटलमेन्ट गरिएको जनाइन्छ । 

मन्त्री पोखरेलका सम्धी समेत विभिन्न राजनीतिक नियुक्ति लिनेमा अगाडी नै देखिन्छन् । उनले लिएका नियुक्ति समेत विवादीत बन्दै आएका छन भने उनीमाथि समेत आर्थिक अनियमिततादेखि भ्रष्टाचारको आरोप लाग्दै आएको छ ।

राजस्व बोर्डमा पुगेका अधिकारी तातोपानी नाकामा समेत दुई पटक रहेर अकुत सम्पत्ति थुपारेको जनाइन्छ । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेपनि कुनै मुद्धा दर्ता गर्न सकेको छैन् । उनी तातोपानी भन्सारमा एकपटक अधिकृत, एकपटक प्रमुख हुँदै राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा समेत काम गरिसकेकाले अवैध सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ । 

२०७६ असोज २२ मा अर्थमन्त्रालयको सहसचिवबाट अवकाश पाएका अधिकारीले अवकासको केहि समयमै राजनीतिक नियुक्ति लिएका थिए । उनी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा रसुवा, बीरगंजदेखि बिराटनगरसम्मबाट भित्रिने प्रत्येक गाडीबाट २५ हजार रुपैयाँका दरले घुस असुल्ने गरेको आरोप लाग्ने गरेको थियो।

राजस्व बोर्डको सदस्य बन्न पुगेका निर्मलहरी अधिकारी भ्रष्टाचारको अभियोगमा छानबिनमा परेका पात्र हुन् । 

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले राजश्व बोर्डमा अधिकारीलाई नियुक्त गरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP