खबर मेरो ४ बर्ष अगाडि
काठमाडाैं । सिन्धुपाल्चोकका बाडीपहिरो विस्थापितहरुका निम्ति स्थायी आवास निर्माण गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नीप्रसाद सापकोटाबीच छलफल भएको छ ।
आज (शनिबार) बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाट कार्यक्रममा सिन्धुपाल्चोकमा बाडीपहिरोका कारण सर्वसाधारण घरबरविहीन बनेको भन्दै स्थायी आवासबारे छलफल भएको हो ।
सभामुख सपकोटाले सिन्धुपालचोकका पीडितलाई स्थायी आवास बनाएर स्थानान्त्रण गर्न आग्रह गरेका हुन् ।
सभामुख सचिवालयका अनुसार भेटमा सापकोटाले जोखिममा परेका बस्तीहरूको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरूको स्थानान्तरणसहित स्थायी बसोवासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरोपीडितका लागि जनस्तरबाट संकलित रकम निकासा गर्नेलगायतका विषय उल्लेख गरेका छन् ।
जवाफमा ओलीले विपत्तिबाट सिन्धुपाल्चोकमा भएको जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बन्धित कार्यहरू यथाशीघ्र अघि बढाउने बताएका थिए ।
३० साउनमा लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका– १ बाँसखर्कमा अस्थायी बसोवासको व्यवस्था मिलाइएको छ । १० भदौमा सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोवासका लागि आएका लिदीवासीलाई सोलार, भाँडाकुँडा, लत्ताकपडा एवं सरसफाइका सामग्रीहरू हस्तान्तरण गरेका थिए ।
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्