View Top News
×

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

खबर मेरो ३ बर्ष अगाडि

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षेत्रमा भुजी खोलाले अकल्पनीय क्षति पुर‍याएको छ । दुई दिनदेखि लगातार भारी वर्षा हुँदा खहरेसहित उर्लेर आएको भुजी खोलाले यहाँका तीन दर्जन बढी घर बगाएको छ । भारी वर्षा हुँदा ठूलो क्षति पु¥याउँछ भन्ने अनुमान लगाउँदा लगाउँदै जिल्लाले नसोचेको परिणाम बेहोरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुन मगर बताउँछन् ।

प्राप्त विवरण अनुसार अहिलेसम्म बाढीमा परेर ३५ बढी व्यक्ति बेपत्ता छन् । अन्य १२ जनाको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धीरेन्द्रराज पन्तले पाहुना आएकासमेत परेको बुझिएकाले उद्धार र विवरण सङ्कलनको काम जारी रहेको जानकारी दिए ।

सबै क्षेत्र बगरमा परिणत भएकाले बस्ती कुन ठाउँमा थियो भनेर यकिन गर्न नसकिने अवस्था रहेको उनले बताए । उपप्रमुख मगरले रासससँग टेलिफोनमा भने, “बस्तीको नामो निशाना देखिँदैन, अहिले पनि बस्ती भएर खोला बगिरहेको छ, सबै सोहोरेर लगेको छ ।” सडक, कुलो, गाउँबस्ती सबै क्षतविक्षत भएको उनले बताए ।

ठाउँठाउँमा पहिरोसमेत खसेको छ । उहाँले खोला थुनिएर फुटेपछि भीषण बाढीको रुप लिएको अनुमान गरे । तर कुन ठाउँमा भएको हो त्यो यकिन भने हुन सकेको छैन । गाउँ क्षेत्रमै भएका प्रहरी र सेनासहित स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन् ।

जिल्लाको टोली केहीबेर अघि मात्रै पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सडक बाटो सबै भत्काएकाले हिँडेर घटनास्थल पुगेको राससलाई बताए । बुर्तिवाङ्बाट ढोरपाटनका लागि सवारीसाधन चल्ने सडक बाढी र पहिरोले क्षतविक्षत भएको उनले जानकारी दिए । “केही प्रहरी, सेना तथा टोलवासीले उद्धार गरिरहेका छन्, हामीसँग उद्धारका लागि थप टोली छ, उद्धारकार्य प्रभावकारी बनाएका छौँ”,प्रजिअ न्यौपानेले भने । राहतसहित लिएर गएको गृहमन्त्रीसहितको टोलीसमेत घटनास्थल पुग्न नसकेकाले फर्किएको छ ।

घटनास्थलमा प्रत्यक्ष पुग्नुभएका उपप्रमुख मगरले ढोरपाटन भन्दा तल्लो भेगको खोला किनाराका बस्तीमा क्षति भएको बताए । उनले यहाँको वडा–९ पूर्ण प्रभावित भएको र वडा नं ६,७, ८ मा समेत क्षति पुगेको बताए । धेरै मानवीय क्षति– ९ मा भएको छ । मुख्यगरी यहाँको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, बगालेघर (घट्टबास), दुनापढेरा, लाखुरीबोटमा बढी क्षति भएको छ । खनेको नयाँ बाटोबाट निस्किएको लेदोसहित पहिरो खस्दा ठाउँठाउँमा सडक विग्रिएको छ । “लाँकुरीबोटको अवस्थ हेर्दा बस्ती पूरै बगर बनेकाले कुन ठाएँमा बस्ती थियो भन्नेसमेत पत्ता लगाउन सकिँदैन”, उपप्रमुख मगरले भने ।

कुनै शव टाउको नभएको, कुनै हात नभएको, कसैको कम्बर नभएको अवस्थामा यत्रतत्र शरीरका अङ्ग बगरमा देखिएको उनले बताए । “अकल्पनीय घटना भएको छ, यस्तो घटनानी हुन्छ र भन्ने अवस्था छ, पीडादायी अवस्थालाई शब्दमा भन्न सकिँदैन”, मगरले दुःख पोख्दै भने ।

घटरा मध्यरातको हो । अविरल वर्षापछि भुजी खोला यसरी बस्तीमा पसेको हो । उक्त खोलमा अन्य खहरे र ठाडो खोलासमेत मिसिदा ठूलो रुप लिन पुगेको हो । सबै सुतेको बेला घटना भएकाले पनि बढी मानवीय क्षति भएको छ । दायाँबायाँ लछार्दै लगेपछि मानिसको राति नै भागाभाग भएको थियो । केही संयोगले बाँचे भने सुतिरहेका धेरै बगेका थिए । राति घटना हुँदा कतिले ऐयासमेत भन्न नपाएको स्थानीयवासीले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासी मौसम र भौगोलिक अवस्थाले बागलुङमा जस्ता धेरै घटना बेहोरिएको बताउछन् । “ठूलो वर्षा हुने नदेखाए पनि सानो क्षेत्रमा थोरै समयमा पनि धेरै पानी परेको हो”, उनले भने । उनले सो क्षेत्रमा अघिल्लो दिन पानी परेको र त्यसको भोलिपल्ट मङ्गलबार पनि पानी परेको बताए। मौसमविद् सविना शाक्यका अनुसार ढोरपाटन नजिक राति बुर्तिवाङ् क्षेत्रमा ४१ मिलिमिटर पानी परेको देखिएको बताउछन । यसपटक बाढी पहिरोका कारण ३१७ जनाको मृत्यु भइसकेको छ । बढी पहिरोले क्षति पुर्‍याएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP