View Top News
×

इपान उपाध्यक्ष तथा सिंगटी हाइड्रोका निर्देशक कार्की माैरिससका लागि वाणिज्यदूत नियुक्त

खबर मेरो ३ बर्ष अगाडि

इपान उपाध्यक्ष तथा सिंगटी हाइड्रोका निर्देशक कार्की माैरिससका लागि वाणिज्यदूत नियुक्त

काठमाडाैं । सिंगटी हाइड्रोका कार्यकारी निर्देशक तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)का उपाध्यक्ष गणेश कार्की माैरिससका तर्फबाट नेपालका लागि वाणिज्यदूत नियुक्त भएका छन् । 

नेपाल सरकार र माैरिसस सरकारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महावाणिज्यदूतमा नियुक्त गरेको हो । 

मौरिससले पठाएको पत्रको आधारमा नेपालस्थित परराष्ट्र मन्त्रालयले कार्कीलाई बिहीबार (भदौ ४ गते) देखि काम सुरु गर्न भन्दै नियुक्तिपत्र दिएको छ । उनको कन्सुलर क्षेत्र २०८१ भदौ ३ गते (सन् २०२४ अगष्ट १९) सम्म काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) कायम रहने उल्लेख छ ।

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले हस्ताक्षर गरेको नियुक्तिपत्रमा भनिएको छ– गणतन्त्र मौरिससका राष्ट्रपति महामहिम पृथ्वीराजसिं रुपुनद्वारा जारी मिति ४ जुन, २०२० को समादेश पत्रमार्फत काठमाडौं उपत्यकामा अवस्थित हुने गरी श्री गणेश कार्कीलाई अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९ बमोजिम मौरिससको अवैतनिक वाणिज्यदूत पदमा स्वीकार गर्दै नेपाल सरकारको तर्फबाट यो अनुमति जारी गर्दछु ।

अवैतनिक वाणिज्यदुत सम्बन्धी नियमावली, २)३९ को नियम १३ अनुसार आफ्नो कार्यालयमा तथा तोकिएको अवस्थामा सवारी साधनमा सम्बन्धित मुलुकको झण्डा प्रयोग गर्ने एवं लेखापढी तथा मनसुलर मामिलामा प्रतिनिधित्व गर्ने अधिकार रहने र भन्सार सहुलियत एवं अन्य देवानी, फौजदारी तथा प्रशासनिक मामिलाका हकमा नेपाली नागरिकहरू सरह नै व्यवहार हुने नियुक्तिपत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ– 'कार्कीलाई उल्लेखित क्षेत्रभर आफ्नो कन्सुलर कार्य समपादन गर्न तथा तत् प्रकारका अधिकारीहरूलाई प्रचलित नेपाल कानुन अनुरूप सुविधा उपभोग गर्नसमेत नेपाल सरकार स्वीकार गर्दछ ।'

‘नेपालमा मौरिससको दूतावास छैन, त्यसले गर्नुपर्ने काम तथा सहजीकरण गर्न मैले पहल गर्नेछु,’ उनले शुक्रबार खबरमेरोसँग भने, ‘अधिकांश जनसंख्या हिन्दू रहेको अफ्रिकी मुलुक मौरिसस पर्यटनका लागि आकर्षक ठाउँ हो । त्यहाँबाट नेपालमा पर्यटन भित्र्याउनका लागि पनि मैले सक्दो प्रयास गर्नेछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP