खबर मेरो ४ बर्ष अगाडि
काठमाडाैं । अखिन नेपाल महिला सङ्घले मूर्तिदेवी यादवलाई बोक्सीको आरोपमा यातना दिनेलाई कारवाहीको माग गरेको छ । सङ्घकी संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले आज विज्ञप्ति जारी गर्दै सिराहाको नवराजपुर गाउँपालिका–५ कसुन्डी निवासी ४५ वर्षिया यादवलाई कथित बोक्सीको आरोपमा मलमुत्र खुवाइ क्रुर यातना दिएर गम्भीर घाइते बनाएको प्रति ध्यानाकषण भएको जनाउँदै कारवाही गर्न माग गरेकी छन् ।
उनीहरुले विज्ञप्तिमा कथित वोक्सीको नाममा यस्तो अपराधिक कार्य गर्नु महिला हिंसा र मानवअधिकार उल्लंघनको भएको जनाउँदै समाजका भद्र तथा अगुवा भनिएकाबाट भएको यस्तो बर्बर यातनाप्रति घोर निन्दा र भत्र्सना गरिन ।
गत भदौ २९ गते गाउँको एउटा बच्चा बिरामी भएको, अर्को एक जनाको चट्याङ लागेर निधन भएको र पोखरीमा डुबेर एक छिमेकीको निधन भएको घटनामा यादवलाई कथित बोक्सीको ओरोपमा यातना दिइएको थियो । विज्ञप्तिमा मूर्तिदेवीमाथि हिंसा गर्ने स्थानीय धर्मनाथ यादव, उनका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादवलगायत घटनामा संलग्न व्यक्ति अझै पनि निर्वाध र स्वतन्त्ररुपमा घुमिरहेका हुँदा उनीहरुलाई गिरफ्तार गरि कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ ।
यादवको स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श र क्षतिपूर्तिसहित पारिवारिक र सामाजिक पुर्नस्थापनाका लागिसमेत माग गरिएको छ । “संविधानमा समानताको हक, महिलाको हक, लैङ्गिक विभेद विरुद्ध कानूनी व्यवस्थाका साथै राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायतका संरचनागत व्यवस्था हुँदाहुँदै पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अझै समस्या रहँदै आएको छ”, विज्ञप्तिमा भनिएको छ, “जसका कारण महिलामाथि बेला–बेलामा यस किसिमका अन्धविश्वास र आग्रह पूर्वाग्रहका रुपमा हुने गरेका चरम हिंसा र ज्यादती सामाजिक कलंकका रुपमा रहँदै आएका छन् ।”
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्