View Top News
×

नेकपा काभ्रेका प्रभावशाली नेता हीरा लामा नेपाली कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

खबर मेरो ३ बर्ष अगाडि

नेकपा काभ्रेका प्रभावशाली नेता हीरा लामा नेपाली कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका प्रभावशाली नेता हीरा लामा घिसिङ नेपाली कांग्रेस प्रवेश गरेका छन् । 

नेकपाका नेता तथा पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाका विश्वासपात्र मानिने हीरा कम्युनिष्ट पार्टीबाट जनताको हीत र भलो हुन नसकेको भन्दै नेपाली कांग्रेस प्रवेश गरेका हुन् । 

३८औं वीपी कोइराला स्मृति दिवसका अवसरमा घिसिङ केही युवाहरूसहित कांग्रेसमा प्रवेश गरेको काभ्रे कांग्रेसका तरुण नेता गुमानसिंह लामाले जानकारी दिए ।

नेकपा परित्याग गरेका घिसिङसहितका नेताहरू तथा कार्यकर्ताहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंको बुढानिलकण्ठमा मंगलबार आयोजित विशेष कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । देउवाले घिसिङसहितका नेताहरूलाई पार्टीको सदस्यता दिएका छन् ।

सभापति देउवाले कांग्रेस प्रवेश गरेका सबैलाई योग्यता र क्षमताका आधारमा पार्टीमा जिम्मेवारी दिइने बताए । उनले कांग्रेसलाई बलियो बनाएर देश र जनताको विकास गर्नुपर्ने उल्लेख गरेको युवा नेता लामाले जानकारी दिए ।

घिसिङ ०४६ सालदेखि वामपन्थी बिचारमा अबद्ध हुँदै आएका थिए । ०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले)बाट घिसिङ साबिक मेच्छे गाउँ विकास समितिको वडा नं. ६ मा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

नेकपा छाडेर कांग्रेस प्रवेश गरेका घिसिङले कम्युनिष्ट पार्टीबाट जनताले आकांक्षा गरेका कार्यहरू पूरा हुन नसकेको बताए । उनले कम्युनिष्टहरूका कारण मुलुकमा बेथिति भएको भन्दै देश र जनताका लागि आफू लोकतान्त्रिक पद्धतिको विचार र विधिलाई अंगाल्न कांग्रेस पार्टी प्रवेश गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP