View Top News
×

सर्वोच्चको फैसलाविरुद्ध न्यायीक पुनरावलोकनमा जाने महान्यायधिवक्ता कार्यालको निर्णय

२५ वर्ष कैद हुनुपर्नेमा भारी कैद सजाय छुट, सरकारी वकिल कार्यालय आजै पुनरावलोकनमा जाने

खबर मेरो ३ बर्ष अगाडि

सर्वोच्चको फैसलाविरुद्ध न्यायीक पुनरावलोकनमा जाने महान्यायधिवक्ता कार्यालको निर्णय

काठमाडाैं । पत्नी हत्या अभियोगमा थुनामुक्त भएका रञ्जन कोरालालाईसयाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्याधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ । 

पत्नीको हत्या अभियोगमा कोइरालाले भारी मात्रामा कैद सजाय छुट पाएका हुन् । सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्याधिवक्ता कार्यालय पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको हो । 

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरासहितको इजलासले कोइरालालाई उनकी पत्नी गिता ढकालको हत्या गरेको अभियोगको कैद सजाय भारी छुट गरेको थियो । सोही निर्णयका आधारमा बिहीबार नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालत जान लागेका हुन् ।

सर्वोच्‍च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जाने व्यवस्था छ । सोही व्यवस्था अनुसार महान्यायाधिवक्ताको कार्यालयले सजाय छुट दिने फैसला र कानुनी व्यवस्थामा चित्त नबुझेपछि पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।

प्रधान यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार नै रिहा भएका छन् । 

कोइरालाकी प्रेमिका भनिएकी तारा रेग्मी कार लिएर उनलाई लिन गएकी थिइन् । रेग्मी पनि गीता हत्याकाण्डमा जेल परेर छुटेकी हुन् । उनीहरुले आफूहरुबीच विहे भइसकेको बताएका छन् ।

हालको कानुनी व्यवस्थाअनुसार जन्मकैदबापत २५ वर्ष बस्नुपर्नेमा कोइरालाले झन्डै दुई तिहाइ अर्थात् करिब १६ वर्ष ६ महिना कैद छुट पाए । अदालतले यति उदार कैद छुट नगरेको भए उनी झन्डै २०९३ सालसम्म जेलमा बस्नुपथ्र्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP