खबर मेरो ४ बर्ष अगाडि
काठमाडाैं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोबिन्दराज जोशीलाई नेपाली कांग्रेसले पार्टीबाट निष्काषित गरेको छ ।
कांग्रेस अनुशासन समितिले गोबिन्दराज जोशी, पुस्करनाथ ओझालाई ५ वर्ष र रामबहादुर विष्टलाई ३ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
उनीहरुसँग सोधिएको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै कारबाही गरिएको कांगरेसले जनाएको छ । जोशीले गएको निर्वाचनमा तनहुँबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।
यस्तै, पूर्वमन्त्री ओझालाई ५ वर्ष र कांग्रेस डडेल्धुरा सचिव विष्टलाई ३ वर्षका निम्ति काराही गरिएको जनाइएको छ । उनीहरुलाई कांग्रेसले आफ्नो पार्टीको आधिकारीक उम्मेदवारलाई असहयोग गरेको र सम्बन्धित क्षेत्रको उम्मेदवारले समेत उजुरी दिएकाले सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएका कारण कारबाही गरिएको कांग्रेसले जनाएको छ ।
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...
विस्तृत पढ्नुहोस्काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...
विस्तृत पढ्नुहोस्काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...
विस्तृत पढ्नुहोस्काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...
विस्तृत पढ्नुहोस्बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...
विस्तृत पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...
विस्तृत पढ्नुहोस्हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...
विस्तृत पढ्नुहोस्