View Top News
×

रमेश सिलवाल दोश्रो कार्यकालका लागि राखेप सदस्य सचिवमा नियुक्त

खबर मेरो ३ बर्ष अगाडि

रमेश सिलवाल दोश्रो कार्यकालका लागि राखेप सदस्य सचिवमा नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवमा रमेश सिलवाल दोश्रो पटक नियुक्त भएका छन् । 

चार वर्षे कार्यकालका निम्ति सिलवाललाई मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । २०७६ असार २३ गते राखेपको १८ औं सदस्यसचिव नियुक्त भएका सिलवाल नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि गत असार १७ गते पदमुक्त भएका थिए । भने सिलवाल लगातार दुई कार्यकालका निम्ति राखेप सदस्य सचिवमा नियुक्त हुने पहिलो व्यक्ति समेत बनेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको हो । सिलवाल पदमुक्त भएसँगै युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिव चयनका निम्ति मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

समितिले आदेवन दिएका मध्ये रमेश सिलवाल, नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापा मगर र भलिबलका पूर्वखेलाडी अन्जु श्रेष्ठमध्येबाट सदस्य सचिव नियुक्त गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

समितिले सिफारिस गरेकामध्ये मन्त्रिपरिषदले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।

सदस्य सचिव चयनपछि अब राखेप बोर्डमा सदस्यहरुको नियुक्ति प्रकिया पनि शुरु हुनेछ । नयाँ ऐन अनुसार राखेपको बोर्डमा अब ३७ सदस्यीय हुनेछ । जसको अध्यक्षमा युवा तथा खेलकुद मन्त्री रहनेछन् ।

नयाँ ऐन अनुसार अब सदस्य सचिवको एकल अधिकार ७ सदस्यीय कार्यसमितिमा बाँडिनेछ । उक्त कार्यकारी समितिको संयोजक सदस्य सचिव नै रहनेछन् भने सदस्यमा युवा तथा खेलकुद मन्त्रालयको खेलकुख महाशाखा प्रमुख सदस्यको रुपमा रहनेछन् ।

राखेप बोर्ड सदस्यमध्ये खेलकुद मन्त्री र सदस्य सचिवले दुई-दुई जना मनोनित गर्नेछन् । राखेपको प्रशासन विभाग प्रमुख भने उक्त समितिको सचिवको रुपमा रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP