View Top News
×

चीनले भरतपुर महानगरपलिकालाई पठायो ३१ लाख बराबरको स्वास्थ्य सामाग्री

खबर मेरो ३ बर्ष अगाडि

चीनले भरतपुर महानगरपलिकालाई पठायो ३१ लाख बराबरको स्वास्थ्य सामाग्री

काठमाडाैं । चीनको सिगात्से नगरपालिकाले भरतपुर महानगरपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । 

रसुवागढी नाका हुँदै सिगात्से नगरपालिकाले झण्डै ३१ लाख बराबरको स्वास्थ्य सामाग्री पठाएको हो । सिगात्से सरकारले भरतपुर महानरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री पठाएको हो । 

सिगात्से नगरपालिका विदेश विभाग मामिला कार्यालयका निर्देशक टिएसर रिङछिङदाले भरतपुर महानगरपालिकालाई कोरोना सम्बन्धि स्वास्थ्य सामाग्री पठाएका हुन् । 


भरतपुर महानगरपालिकालाई चीनको सिगात्से नगरपालिकाले मेडिकल मास्क ५० हजार थान, पीसीआर किट ८ सय जनाका निम्ति, एन ९५ सर्जिकल मास्क १ हजार थान, पीपीई १ सय सेट, फेस सिल्ड १ हजार थान र रबर पञ्जा४ हजार जोडी उपलब्ध गराएको हो । झण्डै ३१ लाख नेपाली रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री रसुवागढी नाका हुँदै नेपाल आएको हो । 

चीनले पठाएको स्वास्थ्य सामाग्री चिनियाँ व्यापारी च्याङ्गले रसुवागढी पुगेर नेपाल प्रवासी व्यापार संघका प्रतिनिधि मार्फत भरतपुर महानगरपालिकालाई हस्तान्त्रण गरेको जनाइएको छ । उनी नेपालमा लामो समयदेखि विभिन्न निर्माण कार्यमा संलग्न रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP