View Top News
×

क्लबलाई खेल मैदान उलपब्ध गराउने जिम्मा लिन्छुः सिलवाल

खबर मेरो ३ बर्ष अगाडि

क्लबलाई खेल मैदान उलपब्ध गराउने जिम्मा लिन्छुः सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले फुटबल क्लबलाई मैदान उपलब्ध गराउने जिम्मेवारी आफुले लिन तयार रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको बधाई कार्यक्रममा नवनियुक्त सदस्य सचिव सिलवालले खेल्ने स्थान नभएका क्लबका लागि मैदान उपलब्ध गराउने जिम्मेवारी आफुले लिन तयार रहेको बताएका हुन् ।

‘धेरै क्लबका खेल्ने मैदान छैनन् । यदी क्लबले चाहन्छन् भने मैदान उपलब्ध गराउने जिम्मा लिन तयार छु । एन्फासंग मिलेर क्लबलाई जग्गा उपलब्ध गराउँछु ।’ सिलवालले भने ।

घरेलु फुटबलमा शीर्ष डिभिजनको लिग खेल्ने क्लबको अभ्यास मैदान समेत छैन ।

ए डिभिजन क्लबकै अभ्यास मैदान नभएपछि जग्गा भाडा लिएर क्लबले ए डिभिजन लिग खेल्नुपर्ने बाध्यता छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले क्लब लाईसेन्सिङ सिस्टम लागू गरेसंगै क्लबलाई एकेडेमी सहितको आफ्नै मैदान बनाउनुपर्ने बाध्यता छ । सोही कारण काठमाडौं केन्द्रित ए डिभिजन क्लबले उपत्यका आसपासका जिल्लामा खेल्ने मैदान बनाउन प्रयास गरिरहेका छन् ।

सोही क्रममा सदस्य सचिव सिलवालले क्लबहरु ईच्छुक भएको खण्डमा एन्फासंग मिलेर मैदान खोज्न आफु तयार रहेको बताएका हुन् ।

सदस्य सचिव सिलवालले एएफसीले एन्फालाई कारबाही गरेको समाचार सुन्न नपरोस भन्दै फुटबल संघका पदाधिकारीलाई चेतावनी समेत दिए ।

एन्फाले मापदण्ड नपुगेका क्लबलाई क्लब लाईसेन्सको सिफारिस गर्दा फुटबल संघले हजारौ डलर आर्थिक जरिवाना तिर्नु परेको छ ।

उनले फुटबल विकास र शुसासनमा एन्फासंग मिलेर काम गर्न तयार रहेको उल्लेख गर्दै योजनाबद्ध तरिकाले फुटबल विकास अघि बढ्न सुझाव दिए ।

‘तालिका बनाउनुहोस । काम गरौ । एकले अर्कोलाई निषेध गरेर हैन, मिलेर फुटबलको विकास गर्नपर्छ ।’ उनले भने ।


प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP