View Top News
×

देशभरका आधा बढी जिल्लामा निषेधाज्ञा, कुन कुन जिल्ला हुन ?

खबर मेरो ३ बर्ष अगाडि

देशभरका आधा बढी जिल्लामा निषेधाज्ञा, कुन कुन जिल्ला हुन ?

काठमाडौं । सरकारले लकडाउन खोल्ने निर्णय गरेपनि कोरोना भाइरस (कोभिड-१९)को जोखिम बढ्दै गएको भन्दै लकडाउनबारे निर्णय गर्ने नगर्नेबारे निर्णय गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । 

१२० दिने लकडाउन हटाउने निर्णय गरेको सरकारले ५ साउनको मन्त्रिपरिषद् बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मा सिडिओलाई निर्णय गर्ने अधिकार दिएको हो ।

सरकारले दिएको त्यही अधिकार प्रयोग गरेर ४० वटा जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले आंशिक तथा जिल्लाभरि निषेधाज्ञा वा सिल गर्ने निर्देशन दिएको छ । देशभरि कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएपछि जिप्रका र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिरहेका छन् ।

२० साउनमा जिप्रका, सप्तरीबाट सुरुभएको निषेधाज्ञा ३२ साउनमा गोरखा पुगेको छ । अधिकांश जिप्रकाले निषेधाज्ञाको अवधि तोकेका छन् भने केहीले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका छन् ।

सप्तरी, धनुषा, नुवाकोट, बाँके, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, बर्दिया, बझाङ, मोरङ, दार्चुला, झापा, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, रुपन्देही, कैलाली, मकवानपुर, कपिलवस्तु, धादिङ, रुकुम पश्चिम, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, चितवन, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, बाग्लुङ र गोरखा जिप्रकाले अवधि तोकेर निषेधाज्ञा जारी गरेका छन् ।

बारा, पर्सा, जुम्ला, पाल्पा र रामेछापले अर्को आदेश नहुँदासम्मका लागि निषेधाज्ञा/सिल गरेका छन् । जिप्रका, पाल्पाले तानसेन नगरपालिका र जिप्रका रामेछापले रामेछाप नगरपालिका अर्को निर्णय नहुँदासम्मका लागि सिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP