View Top News
×

च्याम्पियन लिभरपुलले पहिलो खेलमा लिड्ससँग खेल्ने

खबर मेरो ३ बर्ष अगाडि

च्याम्पियन लिभरपुलले पहिलो खेलमा लिड्ससँग खेल्ने

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।

प्रिमियर लिगले बिहीबार २०२०/२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो । प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट सुरु हुनेछ । सिजन २०२१ को मे २३ मा सकिनेछ ।

नयाँ सिजनको खेल तालिका अनुसार पहिलो दिन ६ खेल हुनेछ । जसमा साविक विजेता लिभरपुलले नव प्रवेशी क्लब लिड्स युनाइटेडसँग खेल्नेछ ।

३० वर्षपछि गत सिजन प्रिमियर लिगको उपाधि जितेको लिभरपुलले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ ।

लिड्स १६ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको हो । लिड्सले च्याम्पियनसिपको उपाधि जितेको थियो । पहिलो दिन नै आर्सनलले फुलहमसँग खेल्नेछ ।

यस्तै लेष्टर सिटीले वेस्ट ब्रुमसँग खेल्दा टोटेनहमले एभर्टनसँग खेल्नेछ ।

त्यस्तै साउथह्याम्पटन र क्रिस्टल प्यालेस तथा वेस्ट ह्याम र न्युकासल युनाइटेड पनि पहिलो दिन भिड्ने छन् । चेल्सीले भने सेप्टेम्बर १४ मा ब्राइटनसँग खेल्नेछ । त्यहिँ दिन सेफिल्ड र उल्भ्सबीच समेत खेल हुनेछ ।

म्यानचेस्टर सिटीले पहिलो खेलमा एस्टन भिल्लासँग खेल्दा म्यानचेस्टर युनाइटेडले बर्नलीसँग खेल्नेछ । यस खेलको मिति तोकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP