View Top News
×

प्रहरी प्रभाग कोटेश्वमा खाना पकाउने एकजनालाई कोरोना संक्रमण, रिपोर्ट आउनुभन्दा एकघण्टा अघिसम्म ड्युटीमै

खबर मेरो ३ बर्ष अगाडि

प्रहरी प्रभाग कोटेश्वमा खाना पकाउने एकजनालाई कोरोना संक्रमण, रिपोर्ट आउनुभन्दा एकघण्टा अघिसम्म ड्युटीमै

काठमाडाैं । ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत अर्का एकजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअगाडी समेत एक जना ट्राफिक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मेसमा कार्यरत अर्का प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कोटेश्वर प्रहरीमा कार्यरत अधिकारीहरुमा त्रास फैलिएको एक अधिकृतले जनाए । कोरोना पोजेटिभ रिपोर्ट आएका ती प्रहरी अधिकारी समेत रिपोर्ट आउनुभन्दा एक घण्टा अगाडीसम्म ड्युटीमै रहेको खुलेको हो । यद्यपी कोरोनाको आशंकामा स्वाब संकलन गराएर परिक्षणका निम्ति पठाइएपछि सामान्यतयाः त्यस्ता व्यक्तिलाई सेल्फ आइसोलेसनमा राख्नुपर्ने हो । तर, यस्तो नगरेर ड्युटीमा राख्ने गरेको पाइएको छ ।

प्रहरी निरिक्षक (इन्सपेक्टर)को कमाण्डमा खटिएका ७०/७५ जना ट्राफिक प्रहरीमध्ये आज एक जना मेसमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएको हो भने यसअघि नै एक जवानमा कोरोना पोजेटिभ नतिजा आएको थियो । तर, उनीसँग सम्पर्कमा आएका कुनै ट्राफिक प्रहरीलाई आइसोलेसनमा राख्ने कन्ट्राक्ट ट्रेसिङका काम नगरेर नियमित ड्युटिमा खटाइएको पाइएको हो । 

प्रहरी स्रोतका अनुसार, कोरोना पोजेटिभ देखिएका जवान आफ्नो कोरोना रिपोर्ट आउनुभन्दा एक घण्टा अगाडीसम्म ड्युटिमै खटिएका थिए । उनी विभिन्न तहका प्रहरी कर्मचारीको प्रत्यक्ष सम्पर्कमा रहेपनि अन्यको कोरोना परिक्षणमा कुनै चासो नदेखाइएको हो । 

उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएपछि सडकमा बाक्लो रुपमा प्रहरी उपस्थित छन् । उनीहरुले सर्वसाधारणलाई बाटोमै रोकेर होल्डिङ राख्नेदेखि अनाधिकृत रुपमा सडकमा निस्किएका सवारी साधन नियन्त्रणमा लिने गर्दै आएका छन् ।

एक प्रहरी अधिकृतले खबरमेरोसँग भने, 'घरमा हाम्रा पनि बाल बच्चा छन् । हामीसँगै ड्युटिमा खटिएको साथीलाई कोरोना देखियो । तर, हाम्रो परिक्षण गर्ने त के आइसोलेसनमा समेत बस्न भनिएको छैन् । हामीलाई पनि कोरोना संक्रमण भएको छ की डर लागेको छ । तर, जिम्मेवारी पुरा गर्नै पर्‍यो । यसरी लापरबाही गर्दा सर्वसाधारणमा समेत कोरोना संक्रमण सर्न सक्छ । हामीलाई आफ्नो मात्र नभएर सर्वसाधारणदेखि परिवारसम्मको चिन्ता छ ।'

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP