View Top News
×

ईश्वर पोखरेलका सम्धी बाणिज्य बैंकका अध्यक्ष, को हुन उनी ?

खबर मेरो ३ बर्ष अगाडि

ईश्वर पोखरेलका सम्धी बाणिज्य बैंकका अध्यक्ष, को हुन उनी ?

काठमाडाैं । उपप्रधान एव्ं रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्रकुमार कोइराला राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा नियुक्त हुने भएका छन् । 

सरकारी पूर्ण स्वामित्वको बैंकमा पोखरेलका सम्धी अध्यक्षमा नियुक्त हुन लागेका हुन् । 

कोइरालालाई मन्त्रिपरिषद् स्तरिय निर्णय गर्दै सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको हो । बैकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा पठाएर उनलाई बैंकको अध्यक्षमा ल्याउन लागेको हो । 

बैंकको अध्यक्षमा सञ्चालक समितिले निर्णय गर्ने प्रावधान रहेकाले बुधबार बस्ने सञ्चालन समितिको बैठकले कोइरालालाई अध्यक्षमा चयन गर्ने स्रोतले जनाएको छ । 

को हुन् कोइराला ?

कोइरालाको यसअघिका नियुक्ति र उनका कामहरु पनि विवादित छन् । उनको नियुक्ति पाउने क्रम २०५१ सालबाटै सुरु भएको हो । तत्कालिन नेकपा एमालेको सरकार हुँदा २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्ध नियुक्त भए । खाद्य संस्थान पछि उनी महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखको नियुक्ति पाए ।

त्यसपछि पनि उनी खाली बस्नु, परेन एमाले सरकार बन्ने वित्तिकै उनले नियुक्ति पाइहाल्थे । पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए ।

२०६२/६३ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए । त्यसबेला त उनी झन् विवादित भएका थिए ।

त्यसबेला गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवाद उत्पन्न भएको थियो । यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेपछि उनले राजीनामा दिएका थिए ।

विवादमा मुछिए पनि कोइरालाले नियुक्ति भने पाइरहे । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति हुँदा उनीविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै पर्‍यो ।

विश्वविद्यालयमा उनीविरुद्ध आन्दोलन नै भएको थियो । अनियमितता भएको भन्दै विश्व विद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म तालाबन्दी गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP