View Top News
×

सवारी नियन्त्रणमा लिएर गैरकानुनी मोलमोलाइ गर्दै नेपालगञ्ज भन्सार प्रमुख निराैला

राजस्व न्यायधिकरणले दियो सफाई

खबर मेरो ३ बर्ष अगाडि

सवारी नियन्त्रणमा लिएर गैरकानुनी मोलमोलाइ गर्दै नेपालगञ्ज भन्सार प्रमुख निराैला

काठमाडाैं । नेपाल-भारतमा विभिन्न सामान ढुवानी गर्ने मालबाहक सवारी साधनलाई सीमा नाकामा अनावश्यक हैरानी खेप्नु परेको पाइएको छ । 

नेपालगञ्ज भन्सार कार्यालयले मालबाहक सवारीलाई अनावश्यक ढंगले सवारी जफत गर्ने र लिलामी गर्ने प्रक्रिया थाल्ने गरेको पाइएको हो । स्रोतका अनुसार नेपालगञ्ज भन्सार कार्यालयका प्रमुखले विभिन्न सेटिङको भरमा यसरी मालबाहक सवारी साधनलाई दु:ख दिदै आएको खुलेको हो । 

कुनै व्यापारीको सामान ढुवानी गर्दा व्यापारीले बिलबिजक र राजस्व ठगी गरेमा समेत सवारी साधनमाथि कानुनी डण्डा चलाउने नाममा सवारी धनीलाई मर्कामा पार्दै आएको पाइएको हो । स्रोतका अनुसार नेपालगञ्ज भन्सार विभाग प्रमुख समेत रहेका शान्ती राम निरौलाले अनावश्यक हैरानी दिएको खुलेको हो । 

व्यापारीलाई चलाउनु पर्ने मुद्धा सवारी धनीलाई चलाउदा व्यापारीबाट मनग्य रुपमा आम्दानी र घुस लिने गरेको खुलेको हो । सवारी चालकमा सीमा नाकामा मालबस्तु चेकजाँचको क्रममा हैरानी मात्रै खेप्नु  पर्दैन उनीहरुलाई कैद सजाय समेत हुने गरेको छ । 

नेपाल यातायात मजदुर व्यवसायी संघका सदस्य विष्णु केसीका अनुसार सीमा नाकामा सवारी साधनमाथि निर्मम ढंगले कदम चाल्ने र सम्बन्धित पक्षलाई उन्मुक्ति दिने चलनका कारण समस्या बेहोर्नुपरेको छ । यस्तै, ट्रक ढुवानी व्यवसायी सदस्य दुर्गा बहादुर श्रेष्ठका अनुसार नेपाल भारत पारबहन सन्धीमा उल्लेख भए बमोजिम सवारी साधनमा लोड भएर आएको मालबस्तुले भन्सार छली गरेमा सम्बन्धित माल सामान आयात निर्यात व्यापारीक फर्मलाई कारबाही गरेर ७२ घण्टाभित्र सवारी साधन फिर्ता गर्नुपर्ने उल्लेख गरिएपनि सवारी साधन नै लिलामी गर्नेतर्फ कदम चालिने गरेको गुनासो गरे । 

०७५ माघमा बनबोरी माता ट्रेडर्स ले आयात गरेको चिनियाँ सामान नेपालगञ्ज भन्सार कार्यालयले राजस्व छली गरेको भन्दै नियन्त्रणमा लिएपनि सामान ढुवानी गर्ने भारतीय बुलेट (MRKU4065153) र गाडी नम्बर (NLOIG4332) छाड्न नमानेको हो । भन्सार प्रमुख निराैलाले पूर्वाग्रही ढंगले नियन्त्रणमा लिएका सवारी साधन राजस्व न्यायाधिकरण नेपालगञ्ज इजलासले अध्यक्ष हेमराज पन्त, राजस्व सदस्य प्रकाश पाैडेल र लेखा सदस्य रामचन्द्र शर्माले सवारी साधन फिर्ता गरिदिन फैसला गरेको हो । 

सामान धनी भारतीय नागरिक फरार रहेपछि सवारी साधन नियन्त्रणमा लिएका निराैलाले मोलमोलाइ गर्दै १७ महिना सवारी साधन आफ्नो नियन्त्रणमा राखेका हुन् । सवारी धनी अरबिन्द्र राईका अनुसार ०७५ माघ ३ गते नेपालगञ्ज भन्सारमा सवारी फिर्ता पाउँ भन्दै निवेदन दिएका थिए । तर, सवारी साधन फिर्ता दिनुको साटो आर्थिक लेनदेन नमिलेपछि उनले राजस्व न्यायाधिकरणमा मुद्धा हालेका थिए । 

न्यायधिकरणले मुद्धाको फैसला गर्दै यहि साउन ९ गते सवारी साधन फिर्ता गर्न आदेश दिएपछि निराैला हिस्स परेका हुन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP