View Top News
×

फेरी थपियो एक हप्ता निषेधाज्ञा

खबर मेरो १ बर्ष अगाडि

फेरी थपियो एक हप्ता निषेधाज्ञा

काठमाडौं । उपत्यकामा फेरी तीन जिल्लाका सिडीओले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्

गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेका हुन् ।

एक प्रमुख जिल्ला अधिकारीका अनुसार यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ, तर त्यसबारे केही समयमा सूचना जारी गरी जानकारी गराइनेछ ।

औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।

तर, १० भदौमा फेरि ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन आज (बुधबार) राति १२ बजेबाट सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP