View Top News
×

म्यान्चेष्टर र चेल्सी युनाईटेड च्याम्पियन्स लिगमा

खबर मेरो ३ बर्ष अगाडि

म्यान्चेष्टर र चेल्सी युनाईटेड च्याम्पियन्स लिगमा

एजेन्सी । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेड र चेल्सी च्याम्पियन्स लिगमा छनोट भएका छन् ।

आईतबार राति लिग चरणको अन्तिम खेलमा जित निकाल्दै लण्डन क्लब चेल्सी र म्यान्चेष्टर शहरको युनाईटेड अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका हुन् ।

युरोपेली क्लब फुटबलको सबै भन्दा ठुलो प्रतियोगितामा छनोट हुन दुवै टिमलाई जित्नुपर्ने दबाब थियो ।

लण्डन क्लब चेल्सीले उल्भ्स तथा म्यान्चेष्टर युनाईटेडले लेस्टर सिटीमाथि समान २-० गोल अन्तरको जित निकाल्दै यस सिजन शीर्ष चारमा पर्न सफल भए ।

दुई पटक खेलाडी सरुवा बजारमा प्रतिबन्ध भोगेको चेल्सीले युवा खेलाडीको साथ लिएर च्याम्पियन्स लिगको यात्रा तय गर्यो । मुख्य खेलाडी ईडेन हजार्ड स्पेनिस महारथी क्लब रियल मड्रिड लागेपछि चेल्सी निकै कमजोर देखिएको थियो ।

मुख्य प्रशिक्षक मौरिजियो सर्री समेत चेल्सी छाडेर सिरि ए क्लब युभेन्ट्स लागेपछि लण्डन क्लब समस्यामा देखिएको थियो । तर चेल्सीको कमाण्ड सम्हाल्न लण्डन आएका पूर्व खेलाडी फ्रान्क लाम्पार्डले युवा खेलाडीलाई अवसर दिए ।

युवा खेलाडीकै भरमा चेल्सीले शीर्ष चारमा रहदै च्याम्पियन्स लिगको अविश्वसनीय यात्रा तय गर्यो ।

लिगको अन्तिम खेलमा घरेलु मैदानमा जिताउन मासन माउन्ट नायक रहे । उनले एक गोल गर्नुका साथै थप एक गोलका लागि अवसर सिर्जना गरे । पहिलो हाफको ईन्जुरी समयमा डिबक्स बाहिरबाट फ्रिकिकमार्फत माउन्टले चेल्सीलाई अग्रता दिलाएका थिए । लगत्तै अर्को मिनेटमा माउन्टले निकालेको पासमा गोलकिपरलाई बिट गर्दै ओलिभर जिराउडले लण्डन क्लबका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

अर्को खेलमा म्यान्चेष्टर युनाईटेडले लेस्टर सिटीलाई समान २-० गोल अन्तरले हराउँदै च्याम्पियन्स लिगमा आफुलाई छनोट गरायो । ७१ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा युनाईटेडलाई अघि बढाएका थिए । खेलको अन्तिम मिनेटमा जेसे लिंगार्डले गोल गर्दै युनाईटेडको जित सुनिश्चित गरेका थिए ।

युनाईटेड ६६ अंक सहित तेस्रो स्थानमा रहदै लिगको अन्त्य गर्यो । समान अंक जोडेको चेल्सी समेत गोल अन्तरका आधारमा चौथो स्थानमा रहदै च्याम्पियन्स लिगको बाटो तय गर्यो । लेस्टर ६२ अंक सहित पाँचौ स्थानमा रहदै युरोपा लिगमा चित्त बुझायो

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रचण्डको निर्देशनमा कुलमानको कार्यकाल थप्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जाने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दुई वर्षका लागि कुलमान घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद् बै...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोन...

विस्तृत पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । स...

विस्तृत पढ्नुहोस्

कांग्रेस महाधिवेशन सर्गर्मीः विचार वा नेतृत्व

काठमाडाैं । २०७७ को फागुनमा चौधौं महाधिवेशन गर्ने तय भए बाहेक अन्य कुनै पनि पुर्वतयारीको काम नभएको न...

विस्तृत पढ्नुहोस्

हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गर...

विस्तृत पढ्नुहोस्

ढोरपाटन बाढी: कल्पनाभन्दा पर

बाग्लुङ । यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षे...

विस्तृत पढ्नुहोस्

वामदेबलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने...

विस्तृत पढ्नुहोस्

हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।...

विस्तृत पढ्नुहोस्
TOP